Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु इन्स्योरेन्सको अध्यक्षमा कुशुम लामा

२०७४ बैशाख २० गते

प्रभु इन्स्योरेन्स संचालक समितिको अध्यक्षमा कुशुम लामा नियुक्त भएकी छन् । इन्स्योरेन्स संचालक समितिको बुधबारको बैठकले लामालाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । बाफियामा एउटै व्यक्ति बैंक र इन्स्योरेन्समा संचालक बस्न नपाउने भएपछि प्रभु इन्स्योरेन्सका अध्यक्ष देवीप्रकाश भट्टचनले अध्यक्षबाट राजिनामा दिएका थिए । लामो समयदेखि बैंकिङ क्षेत्रमा रहँदै आएकी लामा यसअघि प्रभु इन्स्योरेन्सको संचालक हुन् । प्रभु बैंकमा समेत संचालक रहेकी उनले बाफियाका कारण बैंकको संचालक समितिबाट राजिनामा गरीसकेकी छन् । बैंकिङ र इन्स्योरेन्स क्षेत्रमा लामो समयको अनुभव संगालेकी लामाले अध्यक्ष भएपछि इन्स्योरेन्स क्षेत्रलाई डिजिटल सिस्टममा लैजान सहयोगी भूमिका खेल्ने बताइन् । उनी नेपाली इन्स्योरेन्स क्षेत्रमा पहिलो महिला अध्यक्ष बनेकी छन् ।