Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर वैशाख २८ गतेदेखि

२०७४ बैशाख १८ गते

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर बैशाख २८ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले पाँच बराबर २.१को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हा । जेठ ३१ गते निष्काशन बन्द हुने सेयरमा वैशाख १७ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

सिद्धार्थले एक सय रुपैयाँ अंकित दरमा आठ करोड ६२ लाख १२ हजार पाँच सय रुपैयाँ बराबरको आठ लाख ६२ हजार एक सय २५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले लक्ष्मी क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । विक्री प्रबन्धकको कार्यालयबाट उक्त हकप्रद सेयर खरिद गर्न पाइनेछ । 

हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्तापुँजी ३४ करोड ४८ लाख ५० हजार रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ४३ करोड रुपैयाँ नाघ्नेछ ।