Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एनबि इन्स्योरेन्सले पायो हकप्रद निष्काशनको अनुमति

२०७४ बैशाख १५ गते

एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले विहीबार (वैशाख १४ गते) धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

एनबीले एक सय रुपैयाँ अंकित मूल्यमा २७ करोड रुपैयाँ बराबरको २७ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद सेयर निष्काशनका लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हाल एनबी इन्स्योरेन्सको चुक्तापुँजी २७ करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी ५४ करोड रुपैयाँ पुग्नेछ । ०७५ असार मसान्तसम्ममा कम्पनीले एक अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।