Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बोनस र हकप्रद जारी गरेर चुक्तापुँजी पुर्याउँदै नेशनल लाइफ इन्स्योरेन्स

२०७४ बैशाख ८ गते

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयरको अनुपातलाई घटाएको छ । यसअघि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको कम्पनीले अब ७५ प्रतिशत मात्रै हकप्रद सेयर निष्काशन गर्ने भएको हो । 

मङ्सिर २९ मा सम्पन्न २८ औँ वार्षिक साधारणसभाबाट कायम भएको चुक्ता पुँजी एक अर्ब ३२ करोड ४८ लाख ६३ हजार छ सय ७० को एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको कम्पनीले अब २५ प्रतिशत बोनस सेयर वितरण पश्चात बाँकी रहने ७५ प्रतिशत मात्र हकप्रद जारी गर्ने निर्णय गरेको छ । यो निर्णय बीमा समितिको स्वीकृति र आगामी साधारण सभामा अनुमोदन गरेपश्चात लागू हुने कम्पनीले जानकारी गराएको छ । 

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ०७५ असार मसान्तसम्ममा दुई अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ । कम्पनीले जारी गर्न लागेको बोनस सेयर र हकप्रद सेयरपछि सजिलै दुई अर्ब रुपैयाँ चुक्तापुँजी नाघ्ने बताएको छ ।