Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सिद्धार्थ इन्स्योरेन्सले पायो हकप्रद निष्काशन गर्ने अनुमति

२०७४ बैशाख ८ गते

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै कम्पनीले गत चैत्र ३ गते बोर्डमा निवेदन दिएको कम्पनीले वैशाख ७ गते अनुमति पाएको हो । 

कम्पनीले पाँच बराबर दुई दशमलव एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । हकप्रद निष्काशनका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्के लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

सिद्धार्थले एक सय रुपैयाँ अंकित मूल्यमा आठ करोड ६२ लाख १२ हजार पाँच सय रुपैयाँ बराबरको आठ लाख ६२ हजार एक सय २५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्तापुँजी ३४ करोड ४८ लाख ५० हजार रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ४३ करोड रुपैयाँ नाघ्नेछ ।