Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

हिमालयन जेनेरल इन्स्योरेन्सले हकप्रद जारी गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

२०७३ चैत्र २२ गते

हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १६६.६७ अर्थात एक बराबर एक दशमलव ६६६७ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले आइतबार (चैत्र २० गते) नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । 

हिमालयनले एक सय रुपैयाँ अंकित मूल्यमा ६४ करोड २० लाख रुपैयाँ बराबरको ६४ लाख २० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

हाल हिमालयनको चुक्तापुँजी ३८ करोड ५२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको कमाईबाट कम्पनीले २० प्रतिशत बोनस सेयर जारी गरेको छ । बोनसपछि कायम चुक्तापुँजीको १६६.६७ प्रतिशत हकप्रद सेयर जारी गर्दा हिमालयन जेनेरल इन्स्योरेन्सको चुक्तापुँजी एक अर्ब नाघ्नेछ ।