नेको इन्स्योरेन्स कम्पनी यही चैत्र २७ गतेक लागि विशेष साधारणसभा डाकेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले १३ गतेदेखि २७ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो ।
साधारणसभामा कम्पनीले विदेशी रणनीतिक साझेदार भित्र्याउने प्रस्ताव अघि सार्दैछ । त्यस्तै, संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्नका लागि कम्पनीले संस्थापक सेयरलाई साधारणमा परिणत गर्ने प्रस्ताव पनि साधारणसभामा लैजाने भएको छ । हाल नेको इन्स्योरेन्समा संस्थापक र साधारण सेयरको अनुपात ६०ः४० रहेको छ ।
नेको इन्स्योरेन्समा गैरआवसीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो र उनको समूहको २१ प्रतिशत सेयर रहेको छ भने विनायक समूहको १३ प्रतिशत सेयर छ । कम्पनीको चुक्ता पुँजी ७२ करोड रुपैयाँ रहेको छ ।


