Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

मेट लाइफ इन्स्योरेन्सको मुनाफा झन्डै दुई सय प्रतिशतले बढ्यो

२०७३ फाल्गुन ५ गते

निजी क्षेत्रको जीवन बीमा कम्पनी मेट लाइफ इन्स्योरेस कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक सय ९८ दशमलब ४७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा मेट लाइफ इन्स्योरेन्सले तीन करोड ६० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले जगेडा कोषमा ९९ यो अवधिमा मेट लाइफको आम्दानी एक सय ६७  दशमलब ४५ प्रतिशतले बढेर १८ करोड ४० लाख रुपैयाँ पुगेको छ भने व्यवस्थापन तथा खर्च एक सय ३३ दशमलव २९ प्रतिशतले बढेर सात करोड ६४ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले दोस्रो त्रैमाससम्ममा बीमा शूल्कवापत एक अर्ब ४२ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ भने ५९ करोड ९६ लाख रुपैयाँ बराबरको दाबी भुक्तान गरेको छ । यो अवधिमा कम्पनीले छ लाख ८५ हजार सात सय एक वटा बीमालेख जारी गरी छ सय २४ वटा दाबी भुक्तान गरेको हो ।