Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

शिखर इन्स्योरेन्सको एफपिओको निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट नियुक्त

admin २०७३ माघ २० गते
सेयर:

शिखर इन्स्योरेन्सले घोषणा गरेको साधारण सेयरको नयाँ निष्काशनको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लि. नियुक्त भएको छ । इन्स्योरेन्स कम्पनी र एनआइबिएल क्यापिटल मार्केट बिच बुधबार निष्काशन तथा बिक्रि प्रबन्धकको सम्झौता भएको हो ।

शिखर इन्स्योरेन्सको १२ औं साधारण सभाले कम्पनीको साधारण सेयर अनुपात ४० प्रतिशत पुर्याउन साधारण सेयरको नयाँ निष्काशन गर्ने गरेको निर्णय बमोजिम कम्पनीले १३ लाख ६२ हजार सात सय ८१  कित्ता साधारण सेयर रु.१५२० प्रिमियम सहित रु.१६२० मा निष्काशन गर्न लागेको हो ।

शिखर इन्स्योरेन्स कम्पनीले प्रकाशन गरेको दोस्रो त्रैमासिक प्रतिवेदन बमोजिम कम्पनीको कुल बीमा व्यवसायमा ७७ प्रतिशतको वृद्धि भएको छ भने खुद नाफामा ८० प्रतिशतको वृद्धि भएको छ । कम्पनीको हालसम्म ३५ वटा शाखा रहेको छ भने थप ५ वटा शाखा थप गर्ने क्रममा रहेको बताइएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।