Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रिमियर इन्स्योरेन्स कम्पनीले झन्डै सात लाख कित्ता एफपीओ जारी गर्ने

admin २०७३ माघ १२ गते
सेयर:

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले छ लाख ९५ हजार पाँच सय ६५ कित्ता थप नयाँ सेयर (एफपीओ) जारी गर्ने भएको छ । प्रिमियरले एक सय रुपैयाँ अंकित मूल्यमा नौ सय चार रुपैयाँ प्रिमियम थप गरि एक हजार चार रुपैयाँमा  एफपीओ जारी गर्न लागेको हो । प्रस्तावित मूल्य धितोपत्र बोर्डबाट स्विकृत हुन बाँकी छ । प्रक्षेपण गरिएको मुल्यमा २० प्रतिशत भन्दा बढी बिचलन देखिएमा सार्वजनिक सूचना मार्फत जानकारी गराउने कम्पनीले जनाएको छ ।

इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न उक्त अनुपातमा एफपीओ जारी गर्न लागेको हो । एफपीओ जारी गर्न कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

हाल प्रिमियर इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी ३७ करोड ३७ लाख ५३ हजार दुई सय २० रुपैयाँ रहेको छ । एफपीओ जारी गरेपछि कम्पनीको चुक्तापुँजीमा झन्डै सात करोड रुपैयाँ थपिनेछ । एफपीओ मार्फत कम्पनीले थप ६२ करोड रुपैयाँ आर्जन गर्ने छ । 

यसबाहेक, प्रिमियरले २० प्रतिशत बोनस सेयर पनि वितरण गर्दैछ । कम्पनीको २३औँ वार्षिक साधारणसभाले बोनस र एफपिओ दुवै प्रस्ताव पारित गरिसकेको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।