March 30th, 2016

एउटै आयोजनामा लगानी गर्दै ६ वटा बैँक

hidroहिमालय हाइड्रोपावरले निर्माण गर्न लागेको नामार्जुन जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । जनता बैंकको अगुवाइमा विभिन्न ६ वटा बैंकले यो आयोजनामा लगानी गर्ने भएका छन् । कास्कीको नामार्जुन गाविसमा आयोजना स्थल रहेको सो आयोजनामा नेपाल बङ्गलादेश बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, कैलास विकास बैंक, भिवोर विकास बैंक, त्रिवेणी विकास बैंक र काष्ठमण्डप बैंकले संयुक्तरुपमा लगानी गर्ने भएका हुन् । 

लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा मंगलबार हस्ताक्षर भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुधीर यादवले जानकारी दिए । यो आयोजनामा दूरसञ्चार सेवा प्रदायक एनसेलमा कार्यरत कर्मचारीको ४० प्रतिशत लगानी गर्नेछन् । आयोजनाको कुल लागत एक अर्ब ८७ करोड रुपैयाँमध्ये ३० प्रतिशत प्रवर्दकहरुले र बाँकी ७० प्रतिशत बैंकको कर्जा लगानी रहेको छ। १२ मेगावाट क्षमताको सो आयोजना निर्माण कार्य थालनी भएको तीस महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको प्रमुख कार्यकारी अधिकृत यादवले बताए । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता सम्पन्न भइसकेको र वातावरणीय प्रभाव मूल्याङ्कनसमेत सम्पन्न भइसकेकाले अब आयोजना तत्काल निर्माणको चरणमा प्रवेश गर्नेछ । स्वदेशी पुँजी, प्रविधि र स्वदेशी प्रवद्र्धकको संलग्नतामा निर्माण हुन लागेको नमुना आयोजना रहेको प्रवद्र्धकले जानकारी दिएका छन् । रासस 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]