
बैंकिङ खबर / राष्ट्रिय अनलाइन पत्रकार सङ्घ नोझाले बाह्रौँ नोझा अनर अवार्ड वितरण गरेको छ । हरेक वर्ष विभिन्न विधाका उत्कृष्ट २३ जना व्यक्तिलाई नोजाले अनरवार्ड गर्दै आएको छ । नोजाले हरेक वर्ष एकजनालाई प्रदान गर्ने लाइफटाइम अचिभमेन्ट अवार्ड बाट बैंकिङ एवं सहकारी क्षेत्रका विज्ञ कमल खरेललाई प्रदान गरिएको छ। खरेल लामो समय बैंक वित्तमा सेवा गर्नुका साथै बैंकिङ तथा सहकारी विज्ञताका रूपमा परिचित छन् ।
यसैगरी हरेक वर्ष तीनजनालाई प्रदान गरिने विशिष्ट अनरवार्डतर्फ वरिष्ठ गायक आनन्द कार्की, निर्माण व्यवसायी बलिभद्र राना र गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसाल लाई प्रदान गरिएको छ । यसैगरी दुई जना व्यक्तिलाई प्रदान गरिने विशेष अभियन्ता अनरअवार्डतर्फ वरिष्ठ समाजसेवी डा लक्ष्मीप्रसाद राई र वरिष्ठ उद्यमी कुमार कार्कीलाई प्रदान गरिएको छ। वर्षका उत्कृष्ट सिर्जनाहरूतर्फ उत्कृष्ट गायिकाको अवार्ड चाँदनी शाक्यले पाएकी छन् । यसैगरी सन्तोष श्रेष्ठले वर्ष उत्कृष्ट संगीतकारको अवार्ड पाए भने झरना रिसालले उत्कृष्ट अभिनेत्री तथा विकास लामिछानेले उत्कृष्ट अभिनेताको अवार्ड पाए ।
वर्ष विशिष्ट साहित्यकारको अनरअवार्ड त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीलाई प्रदान गरियो । वर्ष सामाजिक अवार्डका रूपमा दिनेश न्यौपानेलाई अवार्ड गरियो। युवा व्यवसायतर्फको अवार्ड सरोज महर्जन, सहाङ लावती लिम्बु, बैकुण्ठ दाहालले प्राप्त गरेका छन् । यसैगरी रिता तामाङले उत्कृष्ट मेकअप आर्टिस्ट अनर अवार्ड प्राप्त गरेकी छन्। कार्यक्रममा उद्यमीहरू रिता अवाल, बिन्दु ज्ञवाली, सोभिता धमला शीतल शर्मा र कुमुद भट्ट उत्कृष्ट महिला अनर अवार्डका रूपमा सम्मानित भएका छन्। हरेक वर्ष एकजना पत्रकारलाई प्रदान गरिने ११,११ रुपैयाँ राशिसहितको पत्रकारिता पुरस्कार अन्तर्गत यस वर्ष सामना देवकोटा अमेरिकालाई प्रदान गरिएको छ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष मुमुन्द ढुंगाना, बरिष्ठ साहित्यकार राधेश्याम लेकाली, हिमालय सिमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुली, आइटी विज्ञ हरीराम रिमाल, बरिष्ठ पत्रकार राजेन्द्र लुईटेल, महिला उद्यमी सरीता भट्टराई लगायतका अतिथिहरुले अवार्ड वितरण गर्नुभएको थियो ।