Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

५० प्रतिशत हकप्रद सेयर जारी गर्दै प्रभु इन्स्योरेन्स : धितोपत्र बोर्डमा दियो निवेदन

admin २०७३ माघ ४ गते
सेयर:

प्रभु इन्स्योरेन्स लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले पुस २९ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १९ लाख २५ हजार ७८ दशमलव ८१ कित्ता हकप्रद सेयर जारी गर्न लागेको जनाएको छ । 

कम्पनीको २१औँ वार्षिक साधारणसभाले गरेको निर्णयबमोजिम बोनस सेयर वितरण गरेपछि कायम चुक्तापुँजीबाट ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न प्रक्रिया अघि बढाएको कम्पनीले जनाएको छ । हाल ३२ करोड ९० लाख ७३ हजार तीन सय रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीले १७ प्रतिशत बोनस जारी गरेर ३८ करोड ५० लाख १५ हजार सात सय ६१ रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । यो पुँजीको ५० प्रतिशत अर्थात १९ करोड २५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेपछि प्रभु इन्स्योरेन्सको चुक्तापुँजी ५७ करोड ७५ लाख रुपैयाँ पुग्नेछ । 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।