बैंकिङ खबर / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानीका लागि वातावरण निर्माण गरिने बताएका छन् । उनले इमानदार उद्यमी तथा व्यवसायीका लागि सरकार लगानीको अबसरहरु सृजना गर्न चाहेको उल्लेख गरेका छन् । काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले व्यावसायिक, उद्यमशील र लगानीमैत्री वातावरण निर्माण गर्नु सरकारको प्राथमिकता रहेको बताए । अर्थमन्त्री वाग्लेले स्पष्ट नीतिगत व्यवस्था मार्फत निजी क्षेत्रमैत्री युगको सुरुवात गर्न लागिएको जानकारी दिए। लगानी प्रवर्धन र सहजीकरणका लागि सरकारले उच्च स्तरको इमानदारिता कायम गर्ने तथा सुशासनमा कुनै सम्झौता नगर्ने उनको भनाई छ । अपराधजन्य गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउँदा इमान्दार व्यबसायीहरु डराउनुपर्ने कारण नभएको उनको भनाई छ । पुराना र असान्दर्भिक कानुन खारेज गर्ने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै नीजि क्षेत्रलाई ढुक्क भएर काम गर्न उनले आग्रह गरे । उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना तथा प्रभावकारी कर प्रणाली विकासमा सरकार प्रतिबद्ध रहेको उनको भनाई छ । उनले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाइने बताउँदै सीमित समूहको प्रभावलाई निस्तेज गर्दै स्वच्छ व्यावसायिक वातावरण निर्माण गरिने बताए । नीजी क्षेत्रका व्यक्तित्वसँग म परिचित छु, तर अपराधजन्य गतिविधि सरकारलाई स्वीकार्य छैन,” उनले भने । अर्थमन्त्रीले वाग्लेले आर्थिक रूपान्तरणका लागि सरकारले मार्गचित्र तयार गरिसकेको बताए । पञ्चवर्षे स्थिर सरकारमार्फत नीतिगत निरन्तरता कायम गरी देशलाई बलियो आर्थिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उनको भनाई छ । राजनीतिक स्थिरता, डिजिटल प्रविधिको विस्तार र कानुनी सुधारलाई आर्थिक विकासका आधार स्तम्भका रूपमा अघि बढाइने बताउँदै उनले भौगोलिक तथा संरचनात्मक अवरोध हटाउन डिजिटल प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
Banner News
लगानी प्रवर्धन र सहजीकरणका लागि सरकारले उच्च स्तरको इमानदारिता कायम गर्ने
ट्यागहरू: