बैंकिङ खबर / चालु आर्थिक बर्षको नौ महिनामा विकास बैंकहरुको नाफा पनि बृद्धि भएको छ । राष्ट्रिय स्तरका विकास बैंकहरुले यो अवधिमा ५ अर्ब ५० करोड नाफा कमाएका छन् । गत बर्षको तुलनामा विकास बैंकहरुले ४९ दशमलव ४ प्रतिशतले नाफा बढाएका छन् । अघिल्लो आर्थिक बर्षको नौ महिनामा उनीहरुले ३ अर्ब ६९ करोड नाफा कमाएका थिए । राष्ट्रिय स्तरमा काम गर्ने आठ विकास बैंक रहेका छन् ।
उनीहरुमध्ये गरिमा विकास बैंकले ४२.९१ प्रतिशत, मुक्तिनाथ विकास बैंकले ३०.४ प्रतिशतले नाफा बढाएका छन् । यसैगरी कामना सेवा विकास बैंकले १९.३७ प्रतिशत, सांग्रिला विकास बैंकले ११.५९ प्रतिशत र महालक्ष्मी विकास बैंकले ५.३६ प्रतिशतले नाफा वृद्धि गरेका छन् । यसैगरी लुम्बिनी विकास बैंकले १०२८.२५ प्रतिशतले, ज्योति विकास बैंकले १०५.३ प्रतिशतले र शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ५३.३८ प्रतिशतले नाफा बढाएका छन् ।



