२०८३ बैशाख १५ गते

धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन खुल्ला

नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट समितिले धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदपूर्तिका लागि आवेदन माग गरेको छ । सरकारले धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि गठन गरेको सिफारिस समितिले वैशाख २१ गते भित्रमा आवेदन दिन भनेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको नेतृत्वमा यसअघि अध्यक्ष सिफारिस समिति बनेको थियो । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा भुवन कुमार दाहाल रहेका छन् । आवेदनहरुमध्येबाट समितिले तीन जनालाई सिफारिस गरेपछि सरकारले तीनजनामध्येबाट एक जनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्ने छ । अध्यक्षका लागि कम्तीमा स्नातकोत्तर पुरा गरेको, धितोपत्र बजार व्यवस्थापन वा पुँजी बजार र बेंकवित्तमा कम्तीमा सात वर्ष काम गरेको व्यक्तिले आवेदन दिन पाउने छ ।