२०८२ चैत्र ५ गते

स्वाबलम्बन लघुवित्त बित्तिय संस्थाद्धारा ग्लोबल मनि विक अन्तर्गत बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर / स्वाबलम्बन लघुवित्त बित्तिय संस्था शाखा कायालय गौशाला महोत्तरीले Global Money Week 2026 को अवसरमा “Smart Money talks” भन्ने नाराको साथ गौशाला न.पा. वडा न. ५ गौशाला स्थित श्री त्रिभुवन नमुना माध्यामीक बिद्यालयका कक्षा ११ र १२ ब्यबस्थापन संकायका छात्रछात्राहरुलाई बित्तिय साक्षरता तथा अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेको छ। बिध्यार्थिहरुलाई वित्तिय कारोबार गर्दा हुन सक्ने डिजिटल ठगी बाट बच्ने उपाय, मोबाईल बैङकिङ,क्युआर कोड प्रयोग सम्बन्धमा जानकारी प्रदान गरिएको थियो।

वित्तिय संस्थाले बिध्यार्थीहरुलाई ३ जिरो क्लव गठन गरी बाताबरण संरक्षण ,उद्यमशीलता सिप बिकास सम्बन्धमा समुदायलाई गरिबीबाट मुक्त गराउन उद्यमशीलता र वित्तीय साक्षरता मार्फत युवाहरूलाई जागरुक बनाउने बेरोजगारीका चुनौतीहरूलाई सम्बोधन गर्न युवाहरूमा सीप विकास र रोजगारी सिर्जनालाई बढावा दिने। वातावरणीय दिगोपनाका पहलहरूमा युवाहरूलाई सहभागी गराउने र वातावरणमैत्री अभ्यासहरूलाई प्रवद्र्धन गर्ने।

विषयहरुमा छलफल गरी अन्तरक्रीया कार्यक्रम सम्पन्न गरीएको छ। बित्तीय साक्षरता कार्यक्रम लाई शाखा प्रबन्धक चन्द्र देब जैशी ले सहजिकरण गर्नुभएको थियो र कार्यक्रम संचालन बरिष्ठ सहायक कर्मचारी अनिष प्रसाद चौधरीले गर्नुभएको थियो। बिध्यालयका शिक्षक बिनोद कुमार महतोले यस्ता किसीमका कार्यक्रम ले बिध्यार्थिहरु को स्तर बिकास हुनको साथै बित्तिय ठगीबाट जोगीने बताउनुभयो।