Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सिटिजन्स बैंकमा ४ करोड बढीको घोटाला, प्रहरीमा पुग्यो उजुरी !

२०८२ चैत्र २ गते

बैंकिङ खबर / बैंकभित्रै घोटाला हुने गरेका काण्डहरु यदा कदा निरन्तर सुनीदै आएको हो । विभिन्न समयमा हुने गरेका यस्ता घोटालाहरु जस्तै फेरि अर्को बैंकभित्र आर्थिक घोटाला भएको भन्दै बैंककै कर्मचारीले हार गुहार गरेका छन् । विराटनगर कञ्चनबारीमा रहेको सिटिजन्स बैंकको शाखामा करिव साढे ४ करोडको घोटाला भएको भन्दै उजुरी परेको छ । बैंकले सो रकम घोटाला भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो । प्रहरीले उक्त घोटालाको अनुसन्धान प्रक्रिया सुरु गरिसकेको छ । थप अनुसन्धानका लागि बैंकबाट आवश्यक कागजात समेत झिकाइएको छ ।