२०८२ पुष १३ गते

अत्याधिक तरलता व्यबस्थापन गर्न हर सम्भव प्रयार गर्दै छ राष्ट्र बैंक

बैंकिङ खबर/ अधिक तरलता व्यबस्थापनका लागि गभर्नर डा. विश्वनाथ पौडेलले विभिन्न रणनीतिहरु निरन्तर अघि सारीरहेका छन् । बजारमा हाल लगानीको वातावरण कम्जोर हुँदा कर्जा प्रवाह भएको छैन । केन्द्रीय बैंकले हरेक आइतबार र बुधबार निरन्तर तरलता खिचिरहेको छ । बुधबार २५ अर्ब तरलता खिचेको केन्द्रीय बैंकले आइतबार २० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ ।

निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १२ दिन अवधिका लागि यो रकम खिचिएको हो । नेपालको बैंकवित्तमा ७४ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ निक्षेप पुगेको छ । चालु आबको चार महिनामा ३.१ प्रतिशतले निक्षेपमा बृद्धि भएको छ । पहिलो ४ महिनामा बैंक तथा वित्तीय संस्थाले संकलन गर्ने निक्षेप रकम ३.१ प्रतिशतले बढेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप ३.१ प्रतिशतले बृद्धि भएको हो । हाल नेपालका सबै बैंक तथा वित्तीय संस्थाहरुमा गरेर ७४ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन भएको छ ।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले लगानी योग्य रकमको सही व्यबस्थापन गर्नका लागि साना व्यबसायीमाथि लगानी बढाउने, उत्पादन मुलक क्षेत्रमा कर्जा प्रवाह गर्ने जस्ता रणनीतिहरु लिएका छनु । यस अघि सुन बजार र सेयर बजारमा लगानी बढाउनका लागि उनले सहजिकरण गरेका थिए । गभर्नर पौडेल बैंकहरूबाट कर्जा प्याकेजहरुको पुनरावलोकन गरेर अघि बढ्नमा समेत सहयोगी बनेका छन् ।

अहिहिलेको कर्जा प्याकेजहरू छलफलका माध्यमबाट डिजाइन नभएको भन्दै उनले कर्जाको प्रभावकारीका बारे कसैले प्रश्न उठाउन नहुने उल्लेख गर्दै आएका छन् । बैंकमा पैसा थ्रुपिएको बताउँदै कर्जा प्याकेजहरुको पुनरावलोकन भएमा बैंकहरूको प्रोडक्ट अघि बढ्ने उनको धारणा छ । बैंकहरूको प्रोडक्टरहरू कत्तिको प्रभावकारी छन् भन्नेबारे समीक्षा हुनुपर्ने पनि उनको भनाई छ ।

त्यसो त गभर्नर पौडेलले उच्च मनोवलका साथ काम गर्न, लगानी गर्न र नयाँ टेक्नोलोजी अनुसार अघि बढन व्यबसायीहरुलाई पटक पटक आग्रह पनि गर्दै आएका छन् । उनले उच्च मनोबलले मात्रै अहिलेको अर्थतन्त्र उकास्न सकिने बताएका छन् । हामीसँग पैसा पनि छ, सुशासन पनि छ, अब फेरि निर्वाचित सरकार आउँछ, फेरि यो सबै हुन्छ, भारत विकास गरिरहेको छ, चीन विकास गरिरहेको छ, हामी किन दुःखी हुनुपर्‍यो भन्दै नेपालीहरू संसारभरि दक्ष जनशक्तिका रुपमा स्थापीत भएक छन् भन्दै उनले सम्पूर्ण काम र आर्थिक क्रियाकलापमा पनि मनोबल उच्च राख्न आग्रह गरेका छन् ।

राष्ट्र बैंकले तरलताको चाँपकै कारण व्यक्तिगत अधिविकर्ष अर्थात ओभरड्राफ्ट कर्जाको सिमा पनि बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्बजनिक गर्दै केन्द्रय बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष अर्थात ओभरड्राफ्ट कर्जाको सिमा बढाएर रु ५० लाखबाट वृद्धि गरी रु १ करोड कायम गरेको हो ।

 

आर्थिक सुधारको आशा जगाउँदै राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल