Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विप्लव भन्छन्, ‘५ सय र १ हजारका नोट खारेज गरौं’

२०८२ कार्तिक २ गते

बैंकिङ खबर/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले ५ सय र १ हजारका नोट खारेज गरी नयाँ दरका नोट छाप्न दबाब दिने भएको छ ।

नेकपाले आइतबार आयोजित पत्रकार सम्मेलनमा ५ सय र १ हजारको नोट खारेज गरी नयाँ दरका नोट छाप्न दबाब दिने निर्णय भएको जानकारी गराएको हो ।

‘भ्रष्टाचारी, तस्कर, माफिया, दलालहरूको कालोधनबाट देशलाई बचाउन केही ठोस नीति बनाई ५ सय र १ हजारका नोट खारेजगरी नयाँ दरका नोट छाप्न राज्यलाई सल्लाह र दबाब दिने निर्णय लिइएको छ,’ नेकपाले भनेको छ ।

यसैगरी नेकपाले कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तर्गतको एउटा उद्योग सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।