२०८२ भाद्र १० गते

१००० दरका ४३ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले १००० दरका नयाँ नोट छाप्ने प्रयोजनका लागि प्रक्रिया अगाडि बढाएको छ। राष्ट्र बैंकले आज इच्छुक कम्पनीलाई अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै १००० दरका नयाँ नोट छाप्ने प्रस्तावसहित सूचना निकालेको हो।

इच्छुक कम्पनीले आउँदो अक्टोबर ९ तारिखसम्म राष्ट्र बैंकको थापाथलस्थित बैंकिङ विभागमा बोलपत्र प्रस्ताव पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

योग्य कम्पनीले प्रस्ताव पेस गर्दा २० हजार रुपैयाँ वा १४४ अमेरिकी डलर वा १२३ युरो वा १०७ पाउन्ड धरौटी राख्नुपर्नेछ। राष्ट्र बैंकले छनोट गरेका कम्पनीले नोट डिजाइन, छपाइ र आपूर्तिसम्मको काम गर्नुपर्ने बोलपत्रको सूचनामा उल्लेख छ।

Invitation-for-Bids-Rs.1000