
बैंकिङ खबर/डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना सक्रिय ग्राहकहरूका लागि यो सुविधा ल्याएको जानकारी दिएको छ ।
एक विज्ञप्ति जारी गर्दै कम्पनीले यस विषयमा जानकारी दिएको हो । कम्पनीका अनुसार यो सुविधा “माइ डिशहोम एप” मा उपलब्ध हुनेछ । एपमा उपलब्ध यो भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकहरूले नेपालभरका प्रमुख होटल, रेस्टुरेन्ट, ट्राभल तथा लाइफस्टाइल ब्रान्डहरूमा २५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
सुरुवाती चरणमा, १० उत्कृष्ट ब्रान्डका ३५ आउटलेटहरू प्रिभिलेज कार्ड नेटवर्कमा समावेश भएको कम्पनीको भनाइ छ । आगामी दिनमा १०० भन्दा बढी ब्रान्डहरूमा यो सेवा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्न सकिने ब्रान्ड तथा लिस्टहरू:
|
क्र.सं . |
ब्रान्ड / आउटलेट |
स्थान |
||
|
१ |
बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन |
निर्धारित आउटलेटहरूमा |
||
|
२ |
|
|
||
|
३ |
होटल ले हिमालय |
काठमाडौं |
||
|
४ |
लेक साइड रिट्रिट |
पोखरा |
||
|
५ |
इला कम्फर्ट होटल्स एण्ड रिसोर्ट्स |
हरकपुर, मौलाकाली, बाग्लुङ |
||
|
६ |
मेलुङ ठकाली |
सबै आउटलेट |
||
|
७ |
साकी एण्ड फेङ रेस्टुरेन्ट |
काठमाडौं |
||
|
८ |
लुम्बिनी केबलकार |
बुटवल |
||
|
९ |
मौलाकाली केबलकार |
गैडाकोट, चितवन |
||
|
१० |
अचार घर |
कमलपोखरि, कुपन्डोल |



