Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल नियुक्त

२०८२ श्रावण २ गते
 

बैंकिङ खबर/राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल नियुक्त भएका छन्। बिहीबारदेखि लागू हुने गरी उनी चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त भएका हुन्।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक रहेका ढकालले लामो समय बैंक तथा वित्तीय संस्था नियमन विभाग र बैंक सुपरीवेक्षण विभागमा काम गरेका छन्। उनी बैंकिङ क्षेत्रका अनुभवी र विज्ञ व्यक्तिका रूपमा चिनिन्छन्।

ढकाललाई विशेष रूपमा बैंकको अपरेसन तथा प्रशासनतर्फको विज्ञको रूपमा मानिन्छ। अध्यक्षको रूपमा आफ्नो कार्यकालमा बैंकको दिगो विकास र संस्थागत सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ।