Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रकृया अघि बढ्दै

२०७३ पुष १२ गते

बाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि बढ्ने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने सम्बन्धमा केही दिन भित्रमा अध्ययन पूरा गरी प्रक्रिया अघि बढाउने जानकारी दिएको हो । नेप्सेले नीतिगत र कानुनी प्रकृया अध्ययन गरेर मात्रै यस विषयमा ठोस निर्णय लिने जनाएको छ । 

नेप्से सञ्चालक समितिले बैंकलाई लाइसेन्स दिँदा आवश्यक नीतिगत व्यवस्थाबारे सुझाव दिन ब्रोकर संख्या थप गर्ने विषयमा अध्ययन गर्न नेप्सेका कानुन उपप्रबन्धक निरञ्जन फुयालको संयोजकत्वमा गठित समितिलाई निर्देशन दिएको बताइएको छ । अब बैंकलाई लाइसेन्स दिन केकस्ता प्रावधान आवश्यक छ, भन्ने विषयमा समितिले विस्तृत अध्ययन गरी दुईदेखि तीन दिनभित्रमा सुझाव पेश गर्नेछ ।