Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सगरमाथा फाइनान्सको हकप्रद खुल्यो : कहाँबाट दिने आवेदन ?

२०७३ पुष ११ गते

सगरमाथा फाइनान्स लिमिटेडले ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार ३९० कित्ता सेयर निष्काशन गरेको हो । 

उक्त हकप्रदका लागि पुस ११ गतेदेखि माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । मंसिर २३ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त हकप्रद भर्न पाउनेछन् । फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्स रहेको छ । सेयरधनीले एनआईबीएल क्यापिटल मार्केट्स र सगरमाथा फाइनान्सका शाखा कार्यलयहरुबाट हकप्रद सेयर आवेदन भर्न सकिने कम्पनीले जनाएको छ ।

हाल सगरमाथा फाइनान्सको चुक्तापुँजी ३६ करोड ९२ लाख रुपैया रहेको छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ६६ करोड ४७ लाख रुपैयाँ पुग्नेछ ।