
बैंकिङ खबर/ कतारको केन्द्रीय बैंकले एक रियालको नोटमा केही परिवर्तन गरेको घोषणा गरेको छ। संशोधित पाँचौं शृंखलाअन्तर्गत नयाँ एक रियालको नोट सार्वजनिक गरिएको हो।
बैंकका अनुसार नयाँ नोटमा देशको प्रतीक चिह्न, अरबी अंक र जारी मिति परिवर्तन गरिएको छ। नयाँ डिजाइन सार्वजनिक गरिए पनि पुरानो एक रियालको नोट भने यथावत् रूपमा चलनचल्तीमा रहने जनाइएको छ। केन्द्रीय बैंकले अन्य मूल्यका नोटहरूमा पनि क्रमशः परिवर्तन गरिने जानकारी दिएको छ।
बैंकले नोटको सुरक्षा विशेषतासमेत थप मजबुत बनाउने तयारी गरेको छ। नोट परिवर्तनले कतारको वित्तीय क्षेत्रलाई अझ आधुनिक र सुरक्षित बनाउने लक्ष्य राखिएको छ।



