Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

रुस्काज् ब्युटी स्टुडियोमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

२०८३ आश्विन १६ गते

 

 

बैंकिङ खबर/ ्प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले कमलादीस्थित रुस्काज् ब्युटी स्टुडियोबाट विभिन्न सौन्दर्यसम्बन्धी सेवा लिँदा विशेष छुट पाउने भएका छन्।यसका लागि प्रभु बैंक र रुस्काज् ब्युटी स्टुडियोबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार बैंकका ग्राहकलाई सेवाअनुसार ५ प्रतिशतदेखि २० प्रतिशतसम्म र कर्मचारीलाई ५ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

छुट योजना हेयर कटिङ, थ्रेडिङ, सौन्दर्यसम्बन्धी कक्षा, हेयर केमिकल, फेसियल तथा स्किन ट्रिटमेन्ट, नेल तथा मेनिक्योर–पेडिक्योर, वाक्सिङ, मेकअप तथा मेकअप प्याकेजलगायत सेवामा लागू हुनेछ। कस्मेटिक तथा स्किन केयर सामग्रीमा समेत सुविधा उपलब्ध हुनेछ।

सम्झौतामा रुस्काज् ब्युटी स्टुडियोका प्रमुख कार्यकारी अधिकृत रुस्काज् वैध श्रेष्ठ र प्रभु बैंकका बागमती प्रदेश प्रमुख प्रचिता श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा प्रभु बैंकको कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा रुस्काज् ब्युटी स्टुडियोका प्रबन्ध निर्देशक रविभक्त श्रेष्ठको पनि उपस्थिति थियो।

छुट सुविधा लिन बैंकका ग्राहकले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड वा बैंकको विद्युतीय भुक्तानी प्रणालीमध्ये कुनै एक प्रयोग गर्नुपर्नेछ। बैंकका कर्मचारीले भने कर्मचारी परिचयपत्र प्रस्तुत गर्नुपर्नेछ।