Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

डिजिटल भुक्तानीको कर हट्दा डिजिटल अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छः गुरु प्रसाद पौडेल

admin २०८२ जेष्ठ १८ गते
सेयर:

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले डिजिटल भुक्तानीको कर हट्दा अर्थतन्त्रमा टेवा पुग्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘बजेट केही महत्वकांक्षी हुन्छ र हुनुपर्छ । वित्तीय क्षेत्रमा केही राम्रो गर्न खोजेको देखिएको छ ।

आगामी ५ वर्षमा वित्तीय क्षेत्र कहाँ पुग्छ भनेर लक्ष्य लिएको छ । डिजिटल बैंकका विषयमा केन्द्रीय बैंकले सोच्ने छ भनिएको छ । डिजिटल बैंकिङका लागि केही आधारभूत पूर्वाधारको आवश्यकता रहेको छ ।’

चालु आर्थिक वर्षको हालसम्मको अवधिमा प्रविधिको प्रयोग गरेर नेपाली युवाहरुले ५१५ मिलियन नेपाल भित्र्याएको पनि उनले बताए । डिजिटल भुक्तानीमा लगाएको कर हटाइएकोले डिजिटल अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास लिइएको उनले उल्लेख गरे ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।