Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रभु बैंकको सम्पूर्ण सेयर कारोबार आगामी सातादेखि खुल्ने

२०७३ पुष ७ गते

ग्राण्ड बैंकलाई गाभेको प्रभु बैंकको सम्पूर्ण सेयर कारोबार आगामी सातादेखि खुल्ने भएको छ । बिहीबार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समिति वैठकले कारोबार फुकुवाको लागि नेपाल स्टक एक्सेचेन्जलाई पत्र लेख्ने निर्णय गरेको हो । 

यसअघि प्रभु बैंकतर्फको मात्र कारोबार फुकुवा गरेर ग्राण्डतर्फको रोकेपछि धितोपत्र बोर्डले प्रभुको पनि कारोबार रोकेको थियो । साविकको ग्राण्ड बैंक र प्रभु बैंक एक आपसमा गाभिएर गत माघ २९ गतेदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको थियो ।