काठमाडौं । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (PHP) मा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै बैंकका वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार यसबाट बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा असुविधा पर्न सक्नेछ। यस अवधिमा नेपाल राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकको आधिकारिक सामाजिक सञ्जाल प्रयोग गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ।
राष्ट्र बैंकले जोखिम न्यूनीकरणका लागि आवश्यक सुरक्षा सतर्कता अपनाउन, प्रयोग भइरहेका प्रणालीलाई सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई अपिल गरेको छ।