Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बौद्धिक सम्पत्ति व्यापारमा पनि नेपालको घाटा

२०८१ फाल्गुन २७ गते

बैंकिङ खबर/बौद्धिक सम्पत्ति प्रयोग गरेबापत नेपालीहरुले करिब अर्बबराबरको रकम विदेशी स्वामित्वकर्तालाई तिरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म बौद्धिक सम्पत्ति प्रयोग गरेको शीर्षकमा नेपालबाट ६६ लाख अमेरिकी डलर नेपालबाट बाहिरिएको हो। यो भनेको झण्डै नेपाली ९२ करोड २१ लाख रुपैयाँ हो।

सूचना प्रविधिको निर्यातले आशा जगाइरहेको समयमा बौद्धिक सम्पत्तिमा नेपालको व्यापार घाटा उच्च देखिएको हो। राष्ट्र बैंकको सात महिनाको तथ्यांकले यस्तो शीर्षकमा नेपालको व्यापारघाटा ९० करोड ८२ लाख रुपैयाँ रहेको उल्लेख गरेको छ।

माघ मसान्तसम्म नेपालले बौद्धिक सम्पत्तिमाथिको दाबीबाट मात्र १ करोड ३९ लाख रुपैयाँ मात्रै नेपाल भित्रिएको छ। नेपालीहरुले सात महिनामै करिब अर्बबराबरको रकम विदेशी प्याटेन्ट, ट्रेडमार्क, कपिराइट, उद्योग तथा व्यापारमा प्रयोग हुने डिजाइनहरु तथा फ्रेन्चाइजहरु खरिद गरेबापत उक्त रकम विभिन्न देशमा रहेका तीनका स्वामित्वकर्तालाई तिरेका हुन्।