Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एफपिओ प्रस्ताव गरेको एनएमबिको साधारणसभा पुस २४ गते, बोनस पनि पारित हुँदै

२०७३ मंसिर २९ गते
सेयर:

nmb bankएनएमबि बैंक लिमिटेडले २१ औँ वार्षिक साधारणसभा आगामी पुस २४ गते बस्ने भएको छ । साधारणसभामा बैंकले एफपिओ र बोनस सेयर जारी गर्ने प्रस्ताव लैजाँदैछ । सो साधारणसभाले एफपीओ वापत जारी हुने सेयर संख्या, अंकित मूल्यमा प्रिमियम थप गरी कायम हुने सेयर मूल्य निर्धारण गर्ने बताइएको छ । बैंकले सेयर संख्या उल्लेख गरेको छैन । साथमा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको १९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्दैछ । साधारणसभा प्रयोजनका लागि बैंकले पुस ७ गतेदेखि २४ गतेसम्म सेयरधनी पुस्तिका बन्द रहने जनाएको छ । 

हाल एनएमबि बैंकको चुक्ता पुँजी पाँच अर्ब ४३ करोड रुपैयाँ छ । उक्त पुँजीको १९ प्रतिशत बोनस सेयर जारी गर्दा बैंकको पुँजी छ अर्ब ४६ करोड रुपैयाँ पुग्नेछ । बाँकी पुँजी पुर्याउन बैंकले एफपिओ जारी गर्न लागेको हो ।