Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

वित्तीय चेतनाका लागि ग्लोबल मनी विक मनाउँदै राष्ट्र बैंक

२०८१ फाल्गुन २१ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले ग्लोबल मनी विक (जीएमडब्ल्यू) २०२५ मनाउने भएको छ । आगामी चैत ४ देखि १० गतेसम्म जीएमडब्ल्यू मनाउने राष्ट्र बैंकले जनाएको छ ।  मनी विकले वित्तीय ज्ञान, सीप र व्यवहारको विकास गर्ने उद्देश्य राखेको छ ।

उक्त अभियानले बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने बताइएको छ । विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवा माझ पुगिसकेको  छ ।

आर्थिक सहयोग र विकास सङ्गठन (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष (जीएमडब्ल्यू) विश्वभर मनाउने गरिएको छ ।