Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सरकारका मन्त्रीहरुले अझै सार्वजनिक गरेनन् सम्पति विवरण

२०७३ मंसिर २८ गते

pmo-officeमाओवादी केन्द्रका अध्यक्ष पुष्मकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन भएको चार महिना वितिसक्दा पनि प्रचण्डसहित उनको क्याबिनेटका कुनै पनि सदस्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । सरकार गठन भएको ६० दिनभित्र क्याविनेटमा सम्पत्ति विवरण बुझाई सार्वजनिक गर्नुपर्ने भएपनि सबै मन्त्रीको सम्पति विवरण सार्वजनिक नभएको हो । 

यसअघिको सरकारका पालामा गठन भएको १५ दिनभित्रै त्यतिबेलाका केही मन्त्रीहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्पति विवरण बुझाएका थिए । तर प्रचण्ड नेतृत्वमा सहभागी मन्त्री को त कुरै छाडौँ स्वयम प्रचण्डले नै पनि सम्पति विवरण सार्वजनिक गरेका छैनन् । 

दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले मन्त्रीपरिषद्का सदस्यहरूले आफ्नो सम्पत्ति विवरण बुझाइसकेको र आइतबारमात्रै सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेकाले चाँडै सार्वजनिक हुने बताए । खनालले सोमबार बैंकिङ खबरसँग भने, ‘सबै मन्त्रीले सम्पत्ति विवरण बुझाइसक्नुभएको छ, हिजैमात्र पनि क्याविनेट बैठकले सम्पति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । त्यसैले चाँडै सार्वजनिक हुनेछ ।’ 

दाहाल गत साउन १९ गते संसद्बाट मुलुकको ३१ औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका हुन् । उनी निर्वाचित भएको चार महिना वितिसकेको छ । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाईटमा प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पति विवरण ‘कमिङ सून’ भनिराखेको पनि चार महिना हुन लागिसकेको छ । अझै कमिङ सून नै भनिरहेको छ । यसर्थ प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत आफुसहित अन्य मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक गर्नुपर्ने प्रचलन तोड्दै सम्पत्ति विवरण झण्डै चार महिनादेखि गोप्य राखिरहेका छन् । यसअघि मन्त्रीहरूले मन्त्रिपरिषद्मा पेस गर्ने विवरणलाई वेबसाइटमार्फत सार्वजनिक गर्ने प्रचलन थियो । तर, त्यसबारे मन्त्रिपरिषद्ले निर्णय नगर्दा उनीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको हो । 

२०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा प्रधानमन्त्री तथा मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने निर्णय भएको थियो । निर्वाचित भएको १५ दिनभित्र प्रधानमन्त्रीसहित सम्पूर्ण मन्त्रीपरिषद् सदस्यहरुले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने निर्णय त्यसबेला भएअनुसार त्यसपछि बनेका सबै सरकारमा रहेकाहरुले सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन छ ।

prachandaसम्पत्ति विवरण नबुझाउने मन्त्रिपरिषद् सदस्यहरूः 

पुष्पकमल दाहाल ‘प्रचण्ड’– प्रधानमन्त्री

विमेलेन्द्र निधि – उपप्रधान तथा गृहमन्त्री

कृष्णबहादुर महरा – उपप्रधान तथा अर्थमन्त्री

 

मन्त्रीहरू

अर्जुननरसिंह केसी – सहरी विकास

रमेश लेखक – भौतिक पूर्वाधार तथा यातायात

जनार्दन शर्मा – ऊर्जा

डा. प्रकाशशरण महत – परराष्ट्र

बालकृष्ण खाँण – रक्षा 

दीपक बोहरा – आपूर्ति

सूर्यमान गुरुङ – श्रम तथा रोजगार

गौरीशंकर चौधरी – कृषि विकास

दलजित श्रीपाइली – युवा तथा खेलकुद

विक्रम पाण्डे – भूमिसुधार तथा व्यवस्था

जयदेव जोशी – जनसंख्या तथा वातावरण

हितराज पाण्डे – संघीय मामिला तथा स्थानीय विकास

सुरेन्द्रकुमार कार्की – सूचना तथा सञ्चार

धनिराम पौडेल – शिक्षा 

अजयशंकर नायक – कानुन, न्याय तथा संसदीय मामिला

केशवकुमार वुढाथोकी  – सामान्य प्रशासन

रोमी गौचन थकाली – वाणिज्य

सीतादेवी यादव – शान्ति तथा पुननिर्माण

जीवनबहादुर शाही – संस्कृति,पर्यटन तथा नागरिक उड्डयन

दीपक गिरी – सिँचाइ

नवीन्द्रराज जोशी – उद्योग

शंकर भण्डारी – वन तथा भू–संरक्षण

गगनकुमार थापा – स्वास्थ्य

हृदयराम थानी – सहकारी तथा गरिबी निवारण

राज्यमन्त्रीहरू :

श्रीप्रसाद जवेगु – संघीय मामलिा तथा स्थानीय विकास

सत्यनारायण भगत – ऊर्जा

राधिका तामा – कृषि विकास

धनमाया बिक – शिक्षा
दीर्घसिंह भाट–भौतिक योजना तथा यातायात

 सीताराम मेहता–वन

तारामान गुरुङ–स्वास्थ्य

 सुरेन्द्र आचार्य–सिँचाइ

 सुवर्ण ज्वारचन–सहरी विकास

 दिलिप गच्छदार–श्रम

 इन्द्र बानियाँ–पर्यटन

दिलिप खड्का–खानेपानी तथा सरसफाइ

कञ्चन वादे–उद्योग

मिठु मल्ल–वाणिज्य