Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सांसद डाँगीले संसदमा फेरि उठाइन डिजिटल कारोबार निःशुल्क बनाउने विषय

२०८१ फाल्गुन १२ गते

बैंकिङ खबर/राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले डिजिटल कारोबार निःशुल्क बनाउनुपर्ने माग राखेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले समेत ६ महिना अगाडि सामाजिक सञ्जालमा डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने र यसलाई निःशुल्क बनाउने योजना अघि बढाइएको भएपनि हालसम्म कुनै काम अघि नबढाउँदा जनताको विश्वास तोड्ने काम भइरहेको बताएकी हुन् ।

उनले भनिन्, ‘केही दिन अगाडि निशुल्क डिजिटल कारोबार माग राख्दै सदनमा बोलेको थिएँ । अर्थमन्त्रीज्यूलाई पत्र समेत बुझाएको थिए । सम्माननीय प्रधानमन्त्रीज्यूले पनि ६ महिना अगाडि सामाजिक सञ्जालमा डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने र यसलाई निःशुल्क बनाउने योजना अघि बढाइएको छ भन्नुभएको थियो । तर हालसम्म कुनै काम अघि बढाइएको छैन् । सरकारले यसरी बारम्बार वचन दिने र काम नगर्ने हो भने जनताको विश्वास तोड्ने काममात्रै गर्छ । त्यसैले म यो संसद मार्फत सरकारलाई छिटो भन्दा छिटो डिजिटल कारोबार निशुल्क बनाउन आवश्यक कदम चाल्न अनुरोध गर्न चाहन्छु ।’ साथै उनले छिटो भन्दा छिटो डिजिटल कारोबार निःशुल्क बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।