Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

आफ्नो मोबाइल सुरक्षित गर्नुहोस् : पिन चोरी हुँदा उठिबास लाग्ला !

admin २०८१ फाल्गुन २ गते
सेयर:

 

बैंकिङ खबर/ तपाईको मोबाइल सुरक्षित नहुँदा पिनहरु चोरी हुन सक्छ । जसले गर्दा तपाईलाई उठिबास लाग्ने सक्ने स्थितिसम्म आउन सक्छ । आफ्नो बैंक र अन्य महत्वपूर्ण डीटेल्सको सुरक्षा गर्न सरल तर महत्वपूर्ण स्टेप्सको पालन गर्न सकिन्छ । फोनबाट पिन चोरी भयो या मोबाइल नै चोरी हुँदा बैंक डीटेल्स र मोबाइल वालेटको सुरक्षा गर्नु महत्वपूर्ण कार्य हो । हाम्रो फोनमा बैंक खाताको महत्वपूर्ण डिटेल र अनलाईन भुक्तान विवरण हुन सक्छन् ।

यी तरिकाहरु अपनाउन सकिन्छ

सबै भन्दा पहिले आफ्नो सिम कार्डलाई ब्लक गरिदिने ।
मोबाइल बैंकिङ, यूपीआई पेमेन्ट र मोबाइल वालेटलाई पनि ब्लक गर्ने ।
चोरी भएको फोनको पुलिसमा कम्प्लेन गर्ने ।

तपाईको मोबाइलबाट पिन चोरी भएपछि तपाईको बैंक डीटेल्स पनि जोखिममा हुन सक्छ । हामीले यो कुरा बिर्सिनु हुँदैन कि धेरै मानिसहरु आजकल डिजिटल भुक्तान गरिरहेका छन् र अलग अलग एप्सको प्रयोग गर्छन् । स्मार्टफोनका पिन चोरी भएमा वालेटसम्म पुग्न केही गाह्रो हुँदैन ।

ब्राजिलको साओ पाउलोमा मोबाइल चोरहरुले बताए अनुसार आइफोन ह्यान्ड सेट उनीहरु बेच्नको लागि नभइ यी उपकरणको मालिकको बैंक डिटेल्सहरुको बारेमा जानकारी लिइ पैसा चोर्नको मोबाइल चोरी गरिरहेका थिए । त्यसकारण पनि हामी सावधान हुन अत्यन्त जरुरी भएको छ । यदि फोन हराएमा वा पिनकोट चोरी भएको परिस्थितिमा तल दिइएको उपाएहरु अपनाएर आफ्नो फोन र त्यसमा भएको डेटाको गलत प्रयोग रोक्न सक्नु हुनेछ ।

आफ्नो सिम कार्डलाई ब्लक गर्ने

सबैभन्दा पहिले र सबै भन्दा महत्वपूर्ण कुरा आफ्नो हराएपछि फोन नम्बरको दुरुपयोग हुनबाट रोक्नको त्यसलाई सुनिश्चित गर्नु हो । सिम कार्डलाई ब्लक गर्नुको मतलब फोनमा भएको हरेक ऐपलाई ब्लक गर्नु होइन जसमा ओटिपिको माध्यमबाट एक्सेस गर्न सकिन्छ । तपाई आफ्नो नयाँ सिम कार्डमा पुरानो नम्बर फेरी जारी गर्न सक्नुहुन्छ यसको लागी केही समय लाग्न सक्छ तर तपाईको गोपनीयता र मोबाइल वालेट बढि महत्वपूर्ण हो ।

मोबाइल बैंकिङ सर्भिसलाई बन्द गरिदिने

फोन चोर तपाईको बैंक डिटेल्ससम्म सजिलै पुग्न सक्छन् त्यसैले बैंक सर्विसेजलाई मोबाइल हराएपछि तुरुन्तै बन्द गरिदिने । हाम्रो सिम कार्ड र मोबाइल ऐप साथ साथ चल्छन् किनभने रेजिस्टर्ड नम्बरमा ओटिपि बिना कुनै पनि ट्रान्सफर सम्भव हुँदैन । त्यसैले फोन हराएपछि वा चोरी हुने बित्तिक्कै दुबै सिम कार्ड र मोबाईल बैंकिक सर्भिस बन्द र ब्लक गरिदिने ।

युपिआई पेमेन्टको डिएक्टिभेट गर्ने

थोरै समय पनि हामी ढिला हुनु हाम्रो लागि भारी पर्न सक्छ । जब अनलाइन बैंकिङ सेवासम्म पुग्ने माध्यमबाट हामी चोरलाई बन्चित गरिदिन्छौ चोर अन्य सुविधा जस्तै युपिआई भुक्तानसँग खेलवाड गर्ने कोसिस गर्न सक्छ । त्यसैले यसमा तुरुन्तै ध्यान दिन आवश्यक हुन्छ यसलाई चाँडो भन्दा चाँडो यसलाई निष्क्रिय गरिदिने ।

सबै मोबाइल वालेटलाई ब्लक गरिदिने

मोबाइल वालेटले जीवनलाई निकै सहज बनाएको छ । तर जब तपाइको फोन गलत हातमा पुग्छ तब ई सेवा र खल्ती जस्ता मोबाइल वालेट महंगो साबित हुन सक्छ । सम्बन्धित एपको हेल्प डेस्कमा सम्पर्क गर्ने र मोबाइल वालेटलाई सुनिश्चित गर्ने जबसम्म तपाई नयाँ डिवाइसमा वालेट फेरी सेट नगरेसम्म कसैलाई पनि एक्सेस नदिने ।

प्रहरीमामा रिपोर्ट गर्ने

एक चोटि जब तपाई माथी दिएको सबै स्टेप्सलाई फलो गरिसकेपछि अधिकारीसँग चोरी भएको सबै डिवाइसको बारेमा रिपोर्ट गर्न जरूरी हुन्छ । नजकैको पुलिस स्टेशनमा फोन चोरीको रिपोर्ट गर्ने र एफआईआरको एक कपि आफुसँग लिएर राख्ने ।

बैंकले तपाईंको ईमेल, बैंक खाता नम्बर वा अन्य कुनै गोप्य विवरण बारे कहिले सोधपुछ गर्दैन, त्यसैले यी विवरणहरु कसैलाई पनि नदिनुहोस्। यो संकटको मौका पारी तपाईंहरु माथि ठगी पनि हुनसक्छ । साईवर अपराधिक घटनाको शिकार हुनबाट सतर्क रहनुहोस्।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।