Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

६ महिनामा करिब ८३७ अर्बको अन्तर-बैंक कारोबार

२०८१ माघ २१ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा वाणिज्य बैंकहरुको अन्तरबैंक कारोबार ७४५ अर्ब ९१ करोड भएको विवरण सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको ६ महिने तथ्यांकअनुसार यो अवधिमा अन्य वित्तीय संस्था (वाणिज्य बैंकबाहेक)को ९२ अर्ब ७ करोड गरी कुल ८३७ अर्ब ९८ करोडको अन्तर–बैंक कारोबार भएको हो।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको २३१६ अर्ब ९८ करोड र अन्य वित्तीय संस्थाको २५७ अर्ब २२ करोड गरी २५७४ अर्ब २० करोडको अन्तर–बैंक कारोबार भएको थियो।