Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

निक्षेप र कर्जा प्रवाह दुवैमा गिरावट

२०८१ माघ ८ गते

बैंकिङ खबर/ बैंकिङ निक्षेप र कर्जा प्रवाह दुवैमा गिरावट देखिएको छ । केन्द्रीय बैंकको माघ ५ गतेको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा ६७ खर्ब १८ अर्ब निक्षेप संकलन भएको छ । अघिल्लो दिन बैंकिङ प्रणालीमा ६७ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।

यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन पनि २ अर्ब रूपैयाँले नै घटेको छ । माघ ४ गते ५९ खर्ब ७९ अर्ब संकलन गरेका वाणिज्य बैंकहरुले माघ ५ गते ५९ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

समीक्षा अवधिमा कर्जा प्रवाह स्थिर रहेको छ । माघ ४ गते ५४ खर्ब ९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा माघ ५ गतेपनि सोही रकम बराबरको कर्जा प्रवाह भएको छ । सो अवधिमा वाणिज्य बैंकहरूबाट हुने कर्जा १ अर्बले घटेको छ ।

माघ ४ गते ४७ खर्ब ९६ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले माघ ५ गते ४६ खर्ब ९५ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । केन्द्रीय बैंकका अनुसार सो समयमा सीडी रेसियो ७९ दशमलव २३ प्रतिशत रहेको छ । त्यस्तै अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ ।