Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेशनल लघुवित्तले १५ प्रतिशत लाभांश दिने

२०८१ कार्तिक ९ गते

बैंकिङ खबर/नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। लघुवित्तले आर्थिक वर्ष २०८०/०८१ सम्मको मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो।

८ गते बसेको सञ्चालक समितिको बैठकले राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित लाभांश वितरण गर्ने जनाएको छ। लघुवित्तको हाल कायम चुक्तापुँजी १ अर्ब १६ करोड ५५ लाख २१ हजार ६ सय ८५ रुपैयाँ छ। सेयरधनीले १६ करोड ६० लाख ८६ हजार ८ सय ४० रुपैयाँको बोनस सेयर र ८७ लाख ४१ हजार ४ सय १२ रुपैयाँ नगद लाभांश पाउनेछन्।