देवः विकास बैंकले ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि बैंकले पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ ।
बैंकले ४४ लाख पाँच हजार चार सय ४० दशमलव ३९ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
हाल देवः विकास बैंकको चुक्ता पुँजी ८१ करोड ८० लाख रहेको छ । ५० प्रतिशत हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी एक अर्ब २२ करोड रुपैयाँ पुग्नेछ ।


