Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले खिच्यो ५० करोड तरलता

२०७३ मंसिर ८ गते

nrbनेपाल राष्ट्र बैंकले पुनः ५० करोड रुपैयाँको रिभर्स रिपो जारी गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको तरलता (लगानीयोग्य पुँजी) प्रशोचन गर्नका लागि बुधबार उक्त रिभर्स रिपो जारी गरेको हो ।

बैंकिङ प्रणालीमा तरलता कम हुँदै गएपछि केही समययता राष्ट्र बैंकले छोटो अवधि र थोरै रकमको रिभर्स रिपो जारी गर्दै आएको छ भने समयसमयमा रिपो जारी गरेर बैंकिङ प्रणालीमा तरलता पनि पठाइरहेको छ । राष्ट्र बैंकले यसपटक जारी गरेको रिभर्स रिपो सात दिने अवधिको हो । जसअनुसार, उक्त रिभर्स रिपो आगामी मंसिर १५ गते परिपक्व हुनेछ ।