Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

मेटलाइफ नेपाल र जीवन विकास समाजबीच साझेदारी

२०८१ असार २३ गते

बैंकिङ खबर/ मेटलाइफ नेपालले गर्वका साथ आफ्नो दिगोपन पहलहरू अन्तर्गत, धनपालथान नगरपालिकालाई जीवन्त हरियो ठाउँमा रूपान्तरण गर्न जीवन विकास समाजसँगको साझेदारीको घोषणा गरेको छ ।

यस सहकार्य भित्र, मेटलाइफले पूर्वी नेपालको धनपालथान गाउँको कुर्सियादेखि लालियासम्म बिरुवा रोप्ने प्रतिबद्धता जनाएको छ । जसले त्यहाँका बासिन्दाहरू र आगन्तुकहरूलाई रमाइलो गर्नका लागि हरित कोरिडोर सिर्जना गरेको छ ।

सडक छेउको हरियाली परियोजनाले त्यहाको वातावरणलाई अझै सुन्दर बनाउने छ र पारिस्थितिक सन्तुलन बढाउन, हावाको गुणस्तर सुधार गर्न र स्थानीय समुदायका लागि हरियो ठाउँहरू सिर्जना गर्ने जस्ता वातावरणीय फाइदाहरू प्रदान गर्दछ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, “हामी जीवन विकास समाजसँग यस वृक्षारोपण कार्यक्रममा सहकार्य गर्न पाउँदा उत्साहित छौं । यस पहलले मेटलाइफको २०२० र २०३० बीचमा ५० लाख रूख रोप्ने ग्लोबल सस्टेनेबिलिटी प्रतिबद्धतामा योगदान गर्दै वातावरणीय व्यवस्थापन र सामुदायिक संलग्नताप्रतिको हाम्रो प्रतिबद्धता झल्काउँछ ।“