Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

किसान र जाल्पा सामुदायिक लघुवित्तको एकीकृत कारोबार असार २७ गतेदेखि

२०८१ असार २३ गते

बैंकिङ खबर/ किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । मर्जर पश्चात मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार सुरु हुनेछ ।

किसान लघुवित्त वित्तीय संस्था लिमिटेड लम्कीचुहा नगरपालिका वडा नं. ४, कैलालीमा रजिस्टर्ड कार्यालय छ भने जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड बुटवल उपमहानगरपालिका वडा नं. ११, रुपन्देहीमा रजिस्टर्ड कार्यालय रहेको छ ।