Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

८२ हजार बढी कालोसूचीमा

२०८१ बैशाख २४ गते

बैंकिङ खबर/ कर्जा सूचना केन्द्रका अनुसार हालसम्म ८२ हजार ७०८ नेपाली कालोसूचीमा छन् । यसमध्ये २०७८/१/२२ देखि २०७९ /१/२१ सम्ममा ८ हजार ३८२ जना कालोसूचीमा परेका छन् । गत वर्ष २०७९ वैशाख २२ देखि २०८० वैशाख २१ सम्मको एक वर्षमा २१ हजार ६५० जना कालोसूचीमा परेको थिए ।

२०८० वैशाख २२ देखि २०८१ वैशाख २१ समम्मको पछिल्लो एक वर्षमा भने कालोसूचीमा पर्नेहरुको संख्या अस्वभाविक रुपमा बढेर ३९ हजार ३६५ पुगेको छन् । कर्जा सूचना केन्द्रले बैंकको ऋण चुक्ता नगर्ने, चेक बाउन्समा पर्नेसहितलाई कालोसूचीमा राख्ने गरेको छ ।