Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपालीको उपभोग खर्च ९२ प्रतिशत, ४४ प्रतिशत निजी खानपानमा

२०८१ बैशाख १९ गते

बैंकिङ खबर/ नेपालीहरुले ९२.३८ प्रतिशत उपभोगमा खर्च गर्दै आएका छन्। चालू आर्थिक वर्ष २०८०/८१ मा ९२.३८ प्रतिशत अन्तिम उपभोग खर्च हुने प्रारम्भिक अनुमान गरिएको हो।

गत आर्थिक वर्ष २०७९/८० माको ९२.५९ प्रतिशत अन्तिम उपभोग खर्च हुने संशोधित अनुमान गरिएको थियो। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्कअनुसार उक्त वर्षमा ९३.४२ प्रतिशत अन्तिम उपभोग खर्च भएको थियो।

अन्तिम उपभोग खर्चमा खानपानमा सबैभन्दा बढी खर्च हुने गरेको छ। कुल गार्हस्थ्य उत्पादनको ४४ प्रतिशत निजी खानपान र ३० प्रतिशत खर्च निजी सेवामा हुने गरेको छ। १७ प्रतिशत खानपानबाहेकको निजी खर्चमा हुने गरेको छ।