Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेसनल लाइफले गरायो २०० अभिकर्तालाई मुक्तिनाथ भ्रमण

२०८१ बैशाख १२ गते

बैंकिङ खबर/ नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्तालाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गराएको छ।

कम्पनीमा कार्यरत अभिकर्ताका लागि २०८० असोज र कात्तिकमा सञ्चालित अभिकर्ता मासिक योजनाअन्तर्गत देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पूरा गर्न सफल २०० बढी वरिष्ठ अभिकर्तालाई पर्यटकीय क्षेत्र मुस्ताङका मनोरम दृश्यावलोकनसहित मुख्य तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गराउने उद्देश्यले भ्रमण कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले भ्रमण कार्यक्रमबाट देशको आन्तरिक पर्यटन प्रवर्द्धनका साथै विभिन्न क्षेत्रमा कार्यरत अभिकर्ताबीच एकापसमा अन्तरक्रिया भई दक्षता वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।