Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरोमाइक्रोफाइनान्स लघुवित्तको अभिमुखीकरण सम्पन्न

२०८१ बैशाख १२ गते

बैंकिङ खबर/मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नवनियुक्त कर्मचारीहरूलाई ३ दिने अभिमुखीकरण तथा पूर्व सेवाकालिन तालिम तथा सम्पन्न गरेको छ । तालिममा २२ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।

कर्मचारीहरुलाई संस्था सम्बन्धी कामहरु, नीति– नियमको बारेमा जनकारी गराउने उदेश्यले दिइएको संस्थाले जनाएको छ ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संस्थाका ग्राहकहरूलाई चुस्त गुणस्तरीय सेवा लिइ संस्थाको उत्पादकत्व वृद्धि गर्न यो युवा जनशक्ति सक्षम हुने बताए ।

साथै कर्मचारीहरूलाई संस्थाको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ समेत गराइएको थियो । संस्थाले मुलुकभर १४९ शाखा कार्यालयहरु, २४ अनुगमन कार्यालयहरुमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।