Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडद्वारा बीमा अभिकर्ता तालिम सम्पन्न

२०८० चैत्र १८ गते

बैंकिङ खबर/आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडद्वारा चैत १३ देखि १६ गते सम्म बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भइ कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि निर्जीवन बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ ।

उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ३१ जना व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा सहित अभिकर्ता तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

यस तालिमबाट निर्जीवन बीमाको क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरे बमोजिम निर्जीवन बीमा गर्नका लागि ग्राहक महानुभावहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।