Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सूर्यज्योति लाइफद्वारा महिलाहरूको सिप विकासका लागि सिलाइ मेसिन हस्तान्तरण

२०८० फाल्गुन २७ गते

बैंकिङ खबर/ सूर्यज्योति लाइफलले नवलपरासीको मध्यविन्दु नगरपालिका–३ स्थित फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रलाई १० थान सिलाइ मसिन र सामग्रीहरू हस्तान्तरण गरेको छ।

कम्पनीले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो। कम्पनीले फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको संयोजकत्वमा विपन्न वर्गका महिलाहरुको आर्थिक क्षमता वृद्धि गर्नका लागि निरन्तर रुपमा सिपमुलक सिलाई कटाई तालिम संचालन गर्ने उद्दश्यले १० थान सिलाई मेशिन तथा सो सँग सम्बन्धित सामग्रीहरू हस्तान्तरण गरेको जनाएको छ।

उक्त संस्थाले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोगबाट वित्तीय साक्षरता, सिपमुलक प्रविधि शिक्षा, खेलकुद, जलवायु परिवर्तन न्यूनीकरण, अनुकुलन सम्बन्धी गतिविधि, खेलकुद तथा साक्षरता कक्षा सम्बन्धी विभिन्न गतिविधिहरु संचालन गर्दै आइरहेको छ।

फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु -३, नवलपरासीमा आयोजित उक्त कार्यक्रममा संस्थाका अध्यक्ष, अम्बर बहादुर महतो, सचिव, काशी राम पाठक तथा संस्थाका पदाधिकारीहरु सहित रोटरी क्लव नवलपरासीका पदाधिकारी, स्थानिय जनप्रतिनिधि, तालिममा सहभागी महिला र सूर्यज्योति लाइफका क्षेत्रीय प्रबन्धक ईश्वर विकल सापकोटाको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक ईश्वर विकल सापकोटाले उक्त कार्यक्रममा सामग्री हस्तान्तरण गर्दै यस प्रकारको सहयोगले बिपन्न वर्गका महिलाहरुको आर्थिक क्षमता वृद्धि गर्न टेवा पुग्ने कुरामा विश्वस्त रहेको जानकारी गराए।

साथै फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष महतोले विपन्न तथा पिछडिएका महिलाहरुको सीपमा विकास गरी उनीहरुलाई आर्थिक समुन्नतीको बाटोमा बढाउन सकिन्छ भनेर नै यो तालिमको आयोजना गरिएको र यसमा सूर्यज्योति लाइफले साथ दिएकोमा आभार व्यक्त गरे।