
बैंकिङ खबर/नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था यहीँ फागुन ३० गते बुधवारदेखि एकीकृत कारोबारमा जाने भएका छन् ।
यी दुई संस्थाले एक आपसमा मर्जर भई एकीकृत कारोबारका लागि राष्ट्र बैंकमा लिएको निवेदन अन्तिम स्वीकृति भएसँगै बुधवारदेखि एकीकृत कारोबारमा जाने भएका हुन् ।
मर्जर पश्चात् यी दुई संस्था ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नाममा संयुक्त कारोबारमा जानेछन् । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन, २०७९)’ को विनियम ११ को उप–विनियम (७) बमोजिम कम्पनी मर्जरसम्बन्धी जानकारी सर्वसाधारणलाई दिइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।



